इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

दूरस्थ शिक्षा निर्देशनालय

 हो | शासी नि‍काय | प्रवेश प्रक्रि‍य | परीक्षा | वि‍भाग | वि‍श्‍ववि‍द्यालय अनुदान आयोग का अनुमोदन | संपर्क

कुलपति उषा अग्रवालको सन्देश

सबै संकाय तथा कर्मचारी सदस्यहरूको साथ म उच्च शिक्षाका सबै छात्रहरूलाई ईआईआईएलएम विश्वविद्यालयमा स्वागत गर्छु । हाम्रो उद्देश्य वर्तमान ग्लोबल विजनेस वर्ल्डको प्रत्येक क्षेत्रमा विश्व स्तरीय दक्षता तथा अभिनव शिक्षा प्रदान गर्नु हो । हामी यस्तो शिक्षा प्रणाली उपलब्ध गराउने आकांक्षा राख्छौ जसले रोजगार प्रदान गर्नबाट अगाडि बढेर आजीवन व्यवसायिक तथा व्यक्तित्व विकासको जगमा ध्यान केन्द्रित गरोस् । हाम्रो उद्देश्य विश्वको सबैभन्दा प्रगतिशील विश्वविद्यालय बन्नु हो जसलाई आफ्नो अध्यापन तथा शिक्षण, अनुसंधान, भागीदारी, अन्तर्राष्ट्रिय कार्यकलापहरू तथा सहयोगको प्रासंगिकता, नवीनता तथा जागरूकताको लागि मान्यता प्राप्त भएको होस् । हामी त्यस्तो स्नातक तयार गर्ने प्रयास गर्छौ जसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा तत्काल रोजगारी तथा स्वीकृति प्राप्त हुन सकोस् ।
हामी विश्व कार्य स्थलमा छात्रहरूको दक्षता तथा सहयोगलाई मान्यता दिन्छौ अनि अधिकतम छात्रहरूलाई असल भन्दा असल प्रासंगिक शिक्षा गराउन सकौ भन्ने हाम्रो प्रयास रहेको छ । ईआईआईएलएम विश्वविद्यालय भौगोलिक तथा आर्थिक अवरोध भन्दा पर गएर छात्रहरूसम्म पुग्ने, तिनीहरूको सपना तथा आकांक्षाहरूलाई पुरा गर्नको लागि अभिनव शिक्षाको पथ प्रदर्शक बन्ने प्रयास गरि रहेको छ । आधुनिक अनुसंधानलाई प्रयोग गर्दै उदाउँदै गरेको बजार तथा उद्योगहरूको लागि विश्व स्तरमा विषयहरूको सुरुवात गरेर यो विश्वविद्यालय परम्परागत शिक्षा भन्दा अगाडि छ । विश्वविद्यालय क्याम्पस तपाईको पथ प्रदर्शक बन्ने वचन दिन्छ ।

विश्व परिवेशमा छात्रहरूको रोजगारी उपयोगिता तथा प्रतिस्पर्धात्मक योग्यतामा वृद्धि गर्नको लागि ज्ञान तथा कौशल महत्त्वपूर्ण कारक रहेको छ तर त्यस्तो प्रशिक्षित तथा व्यवसायिक जनशक्तिको मागमा वृद्धि गर्नको लागि आर्थिक विकासको परिवेश तथा अवसर परम आवश्यक हुन्छ । यो विश्वविद्यालयले प्रतिभाको व्यापक स्रोत तयार गर्नमा प्राविधिक विकासको प्रक्रियामा सहयोग गरि रहेको छ जसले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण सहयोग दिन सक्छ । यस बारेमा हामी युवा शोध छात्रहरूलाई प्रोत्साहित गरि रहेका छौ अनि तिनीहरूलाई व्यवसायिक तथा व्यक्तिगत रूपले विकसित हुनको लागि आवश्यक हुने वातावरण उपलब्ध गराइ रहेका छौ ।

जीवनमा कुनै एउटा संस्था चयन गर्नु एउटा महत्त्वपूर्ण निर्णय हुन्छ भन्ने कुरालाई हामी मान्छौ । बढी मार्गदर्शन तथा सहायताको लागि तपाई हाम्रो परामर्श दाताहरूसँग खुसीसाथ विचार विमर्श गर्न सक्नुहुन्छ ।

Switch to English Website