इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

दूरस्थ शिक्षा निर्देशनालय

 हो | शासी नि‍काय | प्रवेश प्रक्रि‍य | परीक्षा | वि‍भाग | वि‍श्‍ववि‍द्यालय अनुदान आयोग का अनुमोदन | संपर्क

प्रो- उपकुलपति ओ.पी. विजयनको स्वागत टिप्पणी
आजको छात्र भोलिको निर्माता हो ।

 

ईआईआईएलएम विश्वविद्यालयमा तपाईलाई स्वागत छ । यो विश्वविद्यालय अत्याधुनिक प्रविधिले सु सज्जित नित्य परिवर्तनशील विश्व परिवेशमा चुनौतीहरूको सामना गर्नको लागि तयार छ, आजको स्नातकहरूलाई उच्च तथा नित्य शिक्षा द्वारा आफ्नो असल भन्दा असल उपलब्धिहरू हासिल गर्नु प्रति संकल्पित हुनु पर्छ । भारले यस्तो स्नातक तयार गर्ने आवश्यकता छ जसले हामीलाई औद्योगिक तथा प्रविधि नव जागरण तर्फ अग्रसर गर्न सकोस् । आजको संसारमा व्यक्तिले व्यक्तिगत व्यवसायिक/ आर्थिक दृष्टिले सुदृढ बन्नको लागि अनि आफूलाई मन परेको क्षेत्रमा आफ्नो दक्षताको विकासमा कदममा कदम मिलाएर अगाडि बढ्नको लागि शिक्षाको निरन्तर रूपमा आवश्यक पर्छ । ईआईआईएलएम विश्वविद्यालय व्यवस्थापन तथा शिक्षा तथा अन्य क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न प्रति संकल्पित छ जहाँ छात्रले उद्योग जगतको वर्तमान आवश्यकता अनुसारले आफ्नो व्यक्तित्वमा निखार ल्याउनको लागि विद्या आर्जन गरि रहेका छन् ।
हाम्रो उद्देश्य हामीले भारतमा ज्ञान, अनुसन्धान तथा प्रविधिको प्रचार तथा प्रसारमा प्रमुख सहयोग बन्ने अपेक्षा राख्नु हो । उद्योग जगतको मान्यता तथा विश्व प्रसिद्धि ईआईआईएलएम विश्वविद्यालयको आधारशिला हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा अग्रणी कम्पनीहरूसँग निकट सहयोग कायम गरिने छ अनि आफ्नो स्पष्ट उद्देश्यहरूले त्यसलाई हासिल गरिने छ । त्यो केवल केही समयको कुरा हो जब ईआईआईएलएम विश्वविद्यालय उज्ज्वल भविष्यको लागि भावी छात्र तथा अभिभावकहरूको दिल तथा दिमागमा समान रूपले आफ्नो स्थान बनाइ सकेको हुनेछ ।
हामी आफ्नो बौद्धिक संसाधनहरूलाई व्यवसायिक ज्ञानका बढ्दो अगुवाहरूको विकसित गर्ने अनि भावी नेताहरूलाई शिक्षित गर्न प्रति समर्पित गर्छौ । द्रुत गतिको परिवर्तन जटिल परस्पर निर्भरताहरूबाट परिपूर्ण विश्व, सांस्कृतिक दृष्टि विविध तथा प्राविधिक दृष्टिले विकसित सामाजिक क्षेत्रमा हाम्रो उद्देश्य व्यवसायहरूको सशक्त बनाउन तथा तिनीहरूको नेताहरूलाई बुझ्न तथा संसारलाई प्रभावित गर्ने दूरगामी परिवर्तनहरूको समाधान खोज्नु हो । हाम्रो मार्गदर्शक सिद्धान्त असल भन्दा असल उत्कृष्ट व्यवस्थापन शिक्षा प्रदान गर्नु, सामाजिक कल्याण तथा बौद्धिक विकास गर्नु हो ।
ईआईआईएलएम विश्वविद्यालयमा व्यवस्थापन विज्ञानको मूलभूत सिद्धान्तहरूलाई बुझ्नको लागि यथेष्ट समय उपलब्ध गराउनु तथा नयाँ तथा बहुमूल्य विचारहरू प्रतिस्थापन गर्नको लागि थकान दिने पाठ्यक्रमलाई पुरा गर्नको बदला रचनात्मक सोचलाई बढी महत्त्व दिइन्छ किनभने हाम्रो उद्देश्य असल भन्दा असल प्रबन्धक तयार पार्नु मात्र होइन तर यस्तो असल मानव तयार गर्नु हो ता कि मूल्य तथा सपनाहरूले सु सज्जित भावी नेता तयार गर्न सकियोस् ।
म ईआईआईएलएम विश्वविद्यालयको दुनियाँमा तपाईलाई स्वागत गर्छु ।

Switch to English Website