|
परीक्षा
१. परीक्षा वर्षमा दुई पटक हुनेछ ।
२. परीक्षाको माध्यम केवल अंग्रेजी मात्र हुनेछ ।
३. निर्धारित परीक्षा शुल्क प्रवेश/पंजीकरण/पुनःपंजीकरण
फारम सँग लिइने छ ।
४. ईआईआईएलएम विश्वविद्यालयद्वारा अनुमोदित परीक्षा
योजना तथा पाठ्यक्रम अनुसार प्रत्येक छात्रको
परीक्षा लिइने छ । उपयुक्त तथा/वा आवश्यक ठानिएमा
पाठ्यक्रम/विषय वस्तुमा परिवर्तन गर्ने अधिकार
ईआईआईएलएम विश्वविद्यालयसँग सुरक्षित रहने छ ।
५. परीक्षा प्रारम्भ हुनु भन्दा पहिला परीक्षा
सारणी ईआईआईएलएम विश्वविद्यालयको वेभ साइटको साथै
क्याम्पसमा समेत दर्शाइने छ । परीक्षा सुरु हुनु
भन्दा पहिला नै छात्रहरूलाई प्रवेश पत्र जारी गरिने
छ । यदि कुनै उम्मेदवारलाई यसबारे सूचना प्राप्त
नभएमा तत्काल प्रवेश कार्यालयमा सम्पर्क गर्नु
पर्ने छ ।
६. केही मामिलाहरूमा उम्मेदवारहरूलाई अस्थायी
योग्यता कागजातको रूपमा अनुक्रमांक जारी गरिने छ ।
तथापि, यो उसको प्रवेशको पुष्टि होइन र कुनै पनि
स्तरमा कुनै विसंगति पाइएमा उसको प्रवेश रद्द गरिन
सक्छ । |