इस्‍टर्न इंस्‍टीट्यूट फॉर इंटीग्रेटि‍ड लर्निंग इन मैनेजमेंट (ईआईआईएलएम) यूनि‍वर्सिटी

दूरस्‍थ शि‍क्षा नि‍देशालय (डीडीएल)

 हो | शासी नि‍काय | प्रवेश प्रक्रि‍य | परीक्षा | वि‍भाग | वि‍श्‍ववि‍द्यालय अनुदान आयोग का अनुमोदन | संपर्क

रजिष्ट्रार कर्नल आलोक भण्डारीको सन्देस
म ईआईआईएलएम विश्वविद्यालयको तर्फबाट भारतको अत्याधुनिक विश्वविद्यालयहरू मध्येको एउटा विश्व विद्यालयमा तपाईलाई स्वागत गर्छु । यस शिक्षा घाटीलाई यो भन्नमा गर्भ हुन्छ कि हामीले उच्चतर शिक्षाको प्रत्येक बाधालाई तोडेका छौ.......हामीले तपाईलाई उच्च शिक्षाको दुनियाँ प्रदान गर्नको लागि भौतिक दायराहरू, आर्थिक बाधाहरूलाई पार गरेका छौं, समय चक्रलाई भेदन गरेका छौं । हामी ईआईआईएलएम विश्वविद्यालयमा परिपूर्ण जीवन तथा सफल क्यारियर प्रदान गर्ने प्रयास गर्छौ । हामी शिक्षालाई छात्र केन्द्रित, लचिलो तथा सफलता उन्मुख बनाउने प्रयास गर्छौ । ईआईआईएलएम विश्वविद्यालय व्यवस्थापन, अतिथि सत्कार तथा पर्यटन, उड्डयन, बीमा तथा जोखिम व्यवस्थापन, मिडिया तथा सञ्चार, फेशन प्रविधि, सफ्टवेयर इन्जिनियरिङ, जैविक प्रविधि तथा परम्परागत पाठ्यक्रमका अतिरिक्त कैयन् विविध पाठ्यक्रममा अन्तर्राष्ट्रिय सम्भावनाहरू युक्त अनेकौ पाठ्यक्रमहरू चलाइन्छ । विश्वविद्यालय सूचना तथा संचार, इ-बाणिज्ययृक्त व्यवसाय, मसलन्द तथा आपूर्ति शृङ्खला व्यवस्थापन, अन्तर्राष्ट्रिय परियोजना व्यवस्थापन, जस्ता उदीयमान क्षेत्रमा प्रवेश गर्ने योजना बनाइ रहेको छ । भौगोलिक अन्तर निर्भरता एउटा यथार्थ हो जहाँ अन्तर्राष्ट्रिय पर्यावरणको ज्ञान तथा अन्तर्राष्ट्रिय स्तरमा प्रासंगिक मुद्दाहरूबारे सुझबुझ सर्वाङ्गीण शिक्षाको अपरिहार्य पक्ष हो । सटीक ज्ञानको उपयोग हुने विशेष योग्यताहरूको यस युगमा ईआईआईएलएम विश्वविद्यालय निरन्तर रूपले छात्रहरूलाई अत्याधुनिक ज्ञान तथा विशेष कौशल प्राप्त गर्नमा छात्रहरूलाई सक्षम बनाउने प्रयास गर्छ ताकि तिनीहरूले परिवर्तनको साथ कदम बढाउन सकोस्, संगठनात्मक ढाँचामा सक्षमता तथा दक्षता वृद्धि गर्न सकोस् । ईआईआईएलएम विश्वविद्यालय एउटा यस्तो स्थान हो जुन सफल क्यारियरको तपाईको क्षमतामा वृद्धि गरेर तपाईको सपना सकार गर्नमा तपाईलाई मद्दत गर्छ । तपाईका सीमाहरूको कुनै अर्थ हुने छैन, तपाईको सम्भावना तथा उपलब्धिहरूलाई बल मिल्नेछ अनि तपाई बाधाहरूलाई हटाउनमा सक्षम हुन सक्नु हुनेछ । म तपाईका प्रयासहरूको सफलताको कामना गर्छु अनि आशा गर्छु कि हाम्रो सहयोग परस्पर लाभदायक साबित हुनेछ । हाम्रो कार्यक्रम तपाईलाई शिक्षाप्रद तथा व्यवसायिक दृष्टिले लाभदायी साबित हुनेछ भन्ने म आशा गर्छु ।

Switch to English Website